भारतमा कोरोना संक्रमणको भयावह अवस्था : एकैदिन थपिए २ लाख ५९ हजार, मृतक संख्या पनि बढ्दै

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ७ गते १३:१८

भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५३ लाख नाघेको छ। भारतमा हालसम्म १ करोड ५३ लाख २१ हजार ८९ जना कोरोना संक्रमित भएका छन्।

भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० संक्रमित थपिएका छन्। त्यसैगरी सोही अवधिमा १ हजार ७६१ जनाको मृत्यु भएको छ। पछिल्लो विवरणसँगै भारतमा कुल मृतकको संख्या १ लाख ८० हजार ५३० पुगेको छ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या २० लाख ३१ हजार भन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन्। योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको  संख्या १ करोड ३१ लाख ८ हजार ५८२ पुगेको छ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयबाट अहिलेसम्म १२ करोड ७० लाख बढीले खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय