आजबाट कोरोनाको दोस्रो डोज खोप लगाइँदै

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ७ गते ८:४७

Journalist receives vaccine at Civil Hospital Baneshwor Kathmandu on Monday, February 8, 2021
11

कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप लगाइने छ।
खोप अभियान ११ गतेसम्म चल्ने छ।

खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ।
कोरोना विरुद्धको पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघसंस्था तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई नै दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।

खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो कार्यलयको परिचयपत्र लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ।

प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।

आफ्नो पालो हेनुैस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय