उकालो लाग्दै संक्रमण, एकैदिन १२८१ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टामा एक हजार दुईसय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।
सात हजार एकजनामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्दा एक हजार दुई सय २७ जनाको संक्रमण पुष्टि भएको छ भने पाँच सय ४७ मा एन्टिजेन्ट परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसंगै हाल सम्म देशभर दुई लाख ८५ हजार नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन हजार ९१ जनाको मृत्यु भइसकेको छ।
२४ घण्टामा दुई सय ५५ जना कोरोना मुक्त भएका छन्। कोरोना मुक्त हुनेको संख्या दुई लाख ७५ हजार पाँच सय ५५ रहेको छ।