नक्कली प्रमाणपत्र बनाई अध्ययन गर्ने ७ डाक्टर पक्राउ

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ६ गते १५:४३

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा ७ जना डाक्टरलाई पक्राउ गरेको छ।

यस्तै एक जना कन्सल्टेन्सी सञ्चालक पनि पक्राउ गरेको सिआइबीले जनाएको छ।

एसएलसीको सर्टिफिकेट नक्कली बनाएको कसुरमा प्रहरीले पक्राउ गरेको बताईको छ।

जनकपुर बस्ने अरुण चौधरीले ज्योती दिप इन्र्टनेशनल कन्सलटेन्सीको सहयोगमा प्रमाणपत्रलाई अल्टर गरेका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी सहकुल थापाका अनुसार प्रहरीले सप्तरीबाट मोहम्मद सिद्दिकी, अखिलेशकुमार देव, माहोत्तरीका सुभाषप्रासद शाह, पल्लवी सिंह, धनुषाबाट मोहम्मद शाहि राजालाई चावहिलबाट तथा दीपेन्द्र गौतम र फराज हुसेन खाँलाई ललितपुरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेका थिए।

पक्राउ परेका सबैले एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएका थिए।

एसएलसीमा विज्ञान विषयमा ४० नम्बर ल्याएका केहीले उक्त नम्बरलाई किर्ते गरेर ८० बनाएको समेत फेला परेको सिआइबीले जनाएको छ।

उनीहरुले नेपाल मेडिकल काउन्सीलबाट अनुमति लिएर बांगलादेशमा पढ्न गएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय