वैशाखभरि सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय
सरकारले सहरी क्षेत्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस महामारीबाट बालबालिका जोगाउन सहरी क्षेत्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले वैशाखभरि विद्यालयहरूमा पठनपाठन बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन्।