कोरोनाबाट ५ वर्षमुनिका १० बालबालिकाको मृत्यु

 

कोरोनाको महामारीसँगै हालसम्म कोरोनाबाट ५ वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाँच वर्षमुनिका ५१ बालबालिकाहरु सक्रिय संक्रमित रहेका छन्।

सोही उमेर समूहका तीन हजार पाँच सय ६५ बालबालिका हालसम्म संक्रमित भइसकेका छन् ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका बालबालिकाको संख्या आधारमान्दा यो संख्या निकै ठूलो छ ।

डा. गौतमले बालबालिकामा कोरोनाको जोखिम बढेरै मन्त्रालयले अविभावकलाई बालबालिकालाई विद्यालय नपढाउँन आग्रह गरिरहेको बताए ।

तर, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आइतबारै एक सार्वजनिक कार्यक्रममा बालबालिका घरमा भन्दा विद्यालयमा सुरक्षित भएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय