विद्यालय बन्द गर्न अझै आनाकानी, एकै दिनमा ८९ बालबालिका संक्रमित

कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालय र बालरोग विशेषज्ञले समेत विद्यालय बन्द गर्न सुझाएपनि संचालकहरुले निरन्तर अटेरी गर्दै आएका छन् ।

महामारीसँग सम्बन्धित मन्त्रालयले जोखिम औल्याईरहँदासमेत शिक्षा मन्त्रालय र निजी विद्यालयका संगठनहरुले अटेरी जारी राख्दा महामारी चपेटामा बालबालिका पर्ने क्रम बढ्दै गएको छ ।

नेपालमा पनि कोरोनाका युके भेरियान्ट र भारतमा उत्पत्ति भएको डबल म्युटेन्ट भाइरससमेत फैलिएको पुष्टि भइसकेको छ ।

यी विभिन्न खालका भेरियान्टहरुमा धेरै व्यक्तिहरुलाई संक्रमण गर्ने र गम्भीर अवस्थामा पु-याउने क्षमता हुन्छ ।

पछिल्ला दिनमा बालबालिकासमेत यसबाट नराम्रोगरी प्रभावित भइरहेका छन् । तर, जोखिम बढेपछि विद्यालयमा हुने भीडभाड रोकिएको छैन् ।

निजी विद्यालय छाता संगठन एनप्याबसनका अध्यक्ष ऋतुराज सापकोटा विद्यालयमा बालबालिकाहरु पढ्न मात्र नभई साथी खोज्न, घुलमिल हुन, अन्र्तक्रिया गर्न र सदभाव बाँड्ने ठाउँ भएकोले महामारीको समयमा संगै नबस भन्न नसकिने बताए ।

सरकारी निकायमै छ द्वन्द्व
महामारीको व्यवस्थापन र उपचार गर्ने निकाय स्वास्थ्य मन्त्रालय पछिल्ला दिनमा विद्यालय र बालबालिकामा बढ्दो संक्रमणबाट सबैभन्दा बढी चिन्तित छ ।

मन्त्रालयले सुरुमै सिसिएमसी र मन्त्रीपरिषद्मा समेत विद्यालय बन्द गर्न सिफारिस गरिसकेको अवस्थामा शिक्षा मन्त्रालय नै त्यसको कार्यन्वयन हुन नदिने पोजिसनमा उभियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले कोरोना जोखिममा रहेका १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन अविभावकसमक्ष आग्रह गर्यो । त्यसको भोलीपल्टै शिक्षा मन्त्रालयले घुमाउरो तरीकाले विद्यालय बन्न नगर्न उर्दी जारी गर्यो ।

त्यसपछि शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

शिक्षा मन्त्रलायले विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकारलाई दिए पनि दुबै निकायहरुको समन्वयनको कमीले गर्दा विद्यालय अभिभावक तथा विद्यार्थीहरु अन्यौलमा परेका छन्।

निजी विद्यालयहरुलाई अर्थिक रुपमा सञ्चालन गर्न कठिनाई भएको भन्दै विद्यालय बन्द गर्न हुन्न भने पक्षमा छन्। अन्तर सरकारी निकायबीचको अन्योलबाट सबैभन्दा बढी अविभावकहरु नै प्रताडित बनेका छन् ।

एकै दिनमा ८९ बालबालिका संक्रमित
पछिल्लो २४ घण्टामा १९ वर्षमुनिका ८९ बालबालिका संक्रमित भएका छन। स्वास्थ्य मन्त्रालयका दोस्रो लहर सुरु भए यता झण्डै ४ सय बालबालिका कोरोन संक्रमित बनेका छन् ।

खुल्ला सिमानामा कडाई नभएका कारण संक्रमण झनै सहजै फैलिरहेको छ। छिमेकी राष्ट्रमा हरेक दिन दुई लाख भन्दा बढि संक्रमित थपिइरहेका छन्।

पीसीआर परीक्षण संख्याको १५.१ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितको ४१.६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ।

सोही अनुसार कतिपय जिल्लाका विद्यालयले आइतबारदेखि कम्तीमा एक साता पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

सिफारिस

बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय