बालबालिकालाई विद्यालय नपठाउन बालरोग विशेषज्ञ समाजकाे आग्रह

हेल्थपोस्ट नेपाल


नेपाल पेडियाट्रीक सोसाईटीले कोरोना संक्रमणको जोखिममा बालबालिकाहरु रहेको भन्दै अभिभवाकहरुलाई विद्यालय नपठाउन अपिल गरेको छ।

प्रेस विज्ञप्ती जारी गर्दै बालबालिकाका डाक्टरहरुको संगठन पेडियाट्रीक सोसाईटीले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भएमात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउन आग्रह गरेका छन्।

सोसाइटीका अनुसार पहिलो लहरको कोरोना संक्रमणको तुलनामा यो कोभिड–१९ कम उमेरका व्यक्तिहरुमा संक्रमण भइरहेको छ। संक्रमण पुष्टि भएकाहरु मध्य १० प्रतिशत संक्रमितहरु बालबालिका नै रहेका छन्।

विज्ञप्तीमा लेखिएको छ, ‘हाल नेपालमा युके भेरियन्ट, डबल म्युटेन्ट भेरिउन्टहरु भेटिएका छन्। यी भेरियन्टहरु पहिलाका स्वरुपहरुको भन्दा बढि छिटो फैलिनुका साथै बालबालिका, युवाहरु बढि संक्रमित भएको पाइएको छ।

ठूला व्यक्तिहरुको तुलनामा बालबालिकाहरुको परीक्षण कम भएको पाइएको छ। बालबालिकाहरु विरामी हुँदा, विदेश जानुपरे, परिवारका सदस्यहरुमा संक्रमण देखिए मात्र परीक्षण भएको देखिन्छ। त्यसैले संक्रमण अहिले देखिए भन्दा बढि हुनुपर्दछ।’

कतिपय बालबालिकाहरुमा लक्षण नदेखिएपनि उनीहरुले अन्य व्यक्तिहरुमा सार्नसक्ने सम्भावना रहेको विज्ञप्तीमा भनिएको छ।

बालबालिकाहरुमा विरामीको समय भन्दा पनि रोग लागेको ४ देखि ६ हप्ता पछि मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ (एमआइएस–सी) भई सिकिस्त अवस्थामा पुग्ने बताइएको छ।

यो रोग लागे बच्चाहरुलाई गम्भीर विरामी बनाउँदछ, आईसियुको आवश्यकता पर्दछ भने यसको उपचार निकै महंगो रहेको छ।

एमआईएससीका लक्षणहरुः
ज्परो, कडा झाडा पखाला, बढी पेट दुख्ने, स्वास फेर्न गाहे, मुटुमा समस्या हुन सक्दछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *