भारतमा एकै दिन २ लाख ६० हजारमा संक्रमण पुष्टि, १४९३ को मृत्यु

भारतमा एकै दिन २ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन्। शनिबार २ लाख ६० हजार ५ सय ३३ संक्रमित थपिएका हुन्। शनिबार १ लाख ३६ हजार ८ सय ५३ जना निको भएका छन्।

शनिबार १ हजार ४ सय ९३ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा ६७ हजार १ सय २३ संक्रमित थपिएका छन् भने ४ सय १९ जनाको मृत्यु भएको छ।

यसअघि १५ अप्रिलमा २ लाख १६ हजार, १६ अप्रिलमा २ लाख ३४ हजार जनामा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार २५ लाख ६५ हजार जनालाई खोप दिइएको छ। हालसम्म १२ करोड २५ लाख मानिसलाई खोप दिइसकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय