कोरोना संक्रमण : विश्वभर मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो

हेल्थपोस्ट नेपाल

विश्वभरि कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत तथा ब्राजिल कोरोना संक्रमणबाट अत्यधिक प्रभावित छन्।

यी तीन देशमा मात्रै मृत्यु हुनेको संख्या करिब १० लाखभन्दा धेरै छ। एएफपीले जनाएअनुसार अहिले विश्वभरि दैनिक करिब १२ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु हुँदै आएको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहोनम ग्रेबेएससले विश्वमा बढ्दै गएको संक्रमण र मृत्युको संख्याप्रति चिन्ता व्यक्त्त गरेका छन्।

उनका अनुसार हरेक साता संक्रमित र मृत्यु हुनेको संख्या पछिल्लो दुई महिनायता दोब्बरले बढिरहेको छ।

केही साताअघि भारतमा पनि संक्रमण कम भइसकेको थियो। गत जनवरी र फेब्रुअरीमा दैनिक २० हजारभन्दा कम हुने संक्रमितको संख्या अहिले दैनिक २ लाखभन्दा धेरै हुन थालेको छ।

शनिबर मात्रै भारतमा २ लाख ३४ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन्।

भारतमा विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने देशमध्यको हो। भारतले कोरोना विरुद्ध सबैभन्दा ठूलो खोप अभियान पनि सञ्चालन गरेको थियो। तर अहिले भारतमै खोपको अभाव भइरहेको छ।

विश्वका करिब १६५ देशमा ६८ करोडभन्दा धेरै डोज खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *