रिंगटा किन लाग्छ?
रिंगटा रोग होइन् यो त रोगको लक्षण हो ।
रिंगटा किन लाग्छ भनेर हाम्रो शरीर सन्तुलन कसरी हुन्छ भनेर बुझ्न जरुरी छ ।
हाम्रो शरीर सन्तुलनमा बस्नका लागि आँखा, दिमाग, भित्री कान माशंपेशी तथा जोर्नीहरुकोको सन्तुलन मिल्नुपर्छ ।
कान, आँखा, जोर्नी मांशपेशीबाट सूचना मतिष्कमा जान्छ ।
मतिष्कले त्यो सूचना लिन्छ त्यसलाई बुझ्छ र मिलाउँछ र समन्वय गर्छ ।
ब्रेनबाट परिस्कृत सूचनाहरु फेरी, कान, आँखा, जोर्नी, मांशपेशीहरुमा आउँछ जसले हाम्रो शरीरलाई सन्तुलनमा राख्छ ।
त्यसोभए किन रिंगटा किन लाग्छ त ?
यदि शरीरको सन्तुलन गर्ने अंगमा समस्या आएमा रिंगटा लाग्छ ।
कानमा अथवा कानबाट मतिष्कसम्म सूचना लिएर जाने बाटोमा समस्या आएमा
आँखामा अथवा आँखाबाट मतिष्कसम्म सूचना लिएर जाने बाटोमा समस्या आएमा
जोर्नी/माशंपेशीमा अथवा जोर्नी/माशंपेशीबाट मतिष्कसम्म सूचना लिएर जाने बाटमा समस्या आएमा
मतिष्कको आफ्नै समस्यामा
मतिष्कबाट कान, आँखा वा जोर्नी/माशंपेशीहरुमा सूचना लिएर जाने मार्गमा समस्या आएमा
तीबाहेक मुटुमा समस्या भएमा, वा मानसिक समस्यले पनि रिंगटा लाग्छ ।
उपचार
रिंगटाको उपचार रिंगटा नलाग्ने औषधि खानुमात्रै होइन ।
रिंगटाको कारण पत्ता लगाएर त्यसको सही पहिचानगरी त्यसको कारणको उपचार गर्नु चाँही सही उपचार हो ।
रिंगटाको कारण पहिचान गर्न समय लाग्छ तर पहिचान गर्न सकिन्छ ।