आइसियु र भेन्टिलेटर बुझ्न यी नम्बरमा सम्पर्क गर्नुस्


गम्भीर कारोना संक्रमण भएका व्यक्तिलाई सहजरुपमा आइसियु तथा भेन्टिलेटरको पहुँच होस् भन्ने उद्देश्यले सरकारले उपत्यकाका अस्पतालका चिकित्सकहरुको सम्पर्क नम्बर सावैजनिक गरेको छ।

सरकारले सेवा दिइरहेको अस्पतालहरुमा सम्पर्क गरेर आइसोलेशन, भेन्टिलेटर र आईसियुको शैया भएनभएको जानकारी लिन सकिन्छ।
उपत्यकाको नौ वटा अस्पतालमा हाल सम्म १७६ आइसोलेशन, ३५ आईसियु र २५ वटा भेन्टिलेटरहरु खाली रहेका छन्।

शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु ४६ वटा आइसोलेशन, ८ आईसियु र दुई वटा भेन्टिलेटर रहेका छन्। उक्त अस्पतालमा डा प्रविन नेपाललाई सम्पर्क गर्न सकिन्छ।

वीरेन्द्र अस्पताल, छाउनीमा डा सुनिता पन्तलाई सम्पर्क गर्न सकिन्छ।

त्यस्तै बीर अस्पताल महाबौद्धमा १३ वटा आइसोलेशन, ४ आइसियु र दुई भेन्टिलेटर रहेका छन् भने डा अच्यूत कार्कीलाई सम्पर्क गर्न सकिन्छ।

नेपाल प्रहरी अस्पतालमा ६ आइसोलेशन, दुई आईसियु रहेका छन् भने डा मनोज यादवलाई सम्पर्क गर्न सकिन्छ।
शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालमा २२ आइसोलेशन, ४ आईसियु र ७ भेन्टिलेटर रहेका छन्। डाक्टर अनुप बास्तोलालाई सम्पर्क गर्न सकिन्छ।

त्रिबि शिक्षण अस्पतालमा २० आइसोलेशन, पाँच आईसियु र १० भेन्टिलेटर रहेका छन् भने दिनेश काफ्लेलाई सम्पर्क गर्न सकिन्छ र पाटन अस्पतालमा ५१ आइसोलेशन, ६ आईसियु र १० भेन्टिलेटर रहेका छन् भने डा आशिष श्रेष्ठलाई सम्पर्क गर्न सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय