सुरक्षात्मक उपायहरू अझ कडाईकासाथ पालना गर्न राष्ट्रपतिको आह्वान

 

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइकासाथ पालना गर्न आह्वान गरेकी छिन्।

भण्डारीले ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएकोमा चिन्ता व्यक्त गर्दै सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न आह्वान गरेकी हुन्।

‘कोभिड–१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।’, भण्डारीले भनेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय