लकडाउनमा नजान तर, जोखिम क्षेत्रका विद्यालय बन्द गर्न सरकारलाई दलहरुको सुझाव

हेल्थपोस्ट नेपाल

बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा बढ्दै गरेको कोरोना संक्रमण नियन्त्रणमाथि छलफल भएको छ।

देशमा पछिल्लो समय संक्रमण बढ्दै गएको भन्दै दलहरुको साझा धारणा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बालाएका थिए।

बैठकमा सहभागी दलका प्रतिनिधिले कोरोना संक्रमण बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यसलाई नियन्त्रणका लागि सरकारले कडा स्वास्थ्य मापदण्डकका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

उनले कोरोनाको ‘हटस्पट’ भएको ठाउँका विद्यालय बन्द गर्नभने सकारलाई सुझाव आएको बताए।

‘दलहरुले तत्काल लकडाउनमा नजाउँ भन्नुभएको छ। बरु जोखिम बढी भएका ठाउँका विद्यालय बन्द गर्न दललहरुले सुझाव दिनुभएको छ। स्वास्थ्य मापदण्ड कडाइकासाथ लागू गर्न पनि सुझाव आएको छ।’, ज्ञवालीले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *