काठमाडौं महानगरमा ५६० सक्रिय संक्रमित, सबैभन्दा बढी वडा नं ३२मा, कुन वडामा कति?
कोरोनाको पहिलो लहर साम्य हुने क्रममा रहेको काठमाडौं महानगरपालिकामा दोस्रो लहरसँगै अधिकांश वडामा संक्रमित देखिइसकेका छन् ।
महानगरपालिका सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका अनुसार बैशाख ३ गतेसम्म महानगरका ३२ वडा मध्ये २८ वडामा संक्रमित भेटिइसकेका छन् ।
१५, १८, १९ र २४ नम्बर वडामा हाल कुनै सक्रिय संक्रमित छैनन् ।
संक्रमित भेटिएका मध्ये सबैभन्दा बढी वडा नं ३२ मा ८२, १६ मा ७३, २६ मा ५३ संक्रमित छन् ।
२०७७ सालभरीको आंकडाअनुसार काठमाडौमा ३५ हजार ४ सय ५२ जना संक्रमित भए । काठमाडौ महानगरभित्र २ सय ५५ को मृत्यु भएको थियो ।