विद्यालय तत्काल बन्द गर्न सरकारलाई संसदीय समितिको निर्देशन

हेल्थपोस्ट नेपाल


संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारू हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले तत्काल विद्यालय बन्द सुझाएको हो।

समितिको निर्देशनमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, विज्ञहरूको सुझाव तथा आजको छलफल अनुसार हाम्रा बालबालिकाहरू अत्यन्तै जोखिममा देखिएका छन् र स्कुलहरूमा कोरोना संक्रमण भएको पुष्टि भैसक्दा पनि चरम लापरबाही गर्ने स्कुलहरूलाई अनुगमन गरी कडा कारबाही गर्न र विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा हुने सिकाइ तत्काल बन्द गरी वैकल्पिक विधिबाट भर्चुअल वर्तमान अवस्था अनुसार पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ। यसमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरूले पालना गर्नु जरूरी भएकाले यसमा कडाइ गर्न जरूरी छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *