एकैदिन ९ सयमा संक्रमण, सक्रिय संक्रमित ५ हजार ८

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको अनुसार ६ हजार १५८ जनामा

परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि हो।

कुल संक्रमितमध्ये ३ सय ४८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्।

काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।

यही अवधिमा थप २०८ जना निको भएका छन भने ४ जनाको मृत्यु भएको छ।

यो संगै नेपालमा मृत्युको संख्या ३ हजार ७० पुगेको छ।

शुक्रबार ५ हजार ८ जना संक्रिय केस छन्।

७७ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *