स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन

हेल्थपोस्ट नेपाल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल सरकारबाट निर्णय नभएसम्म विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै सिसिएमसीले मन्त्रीपरिषदमा विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।

तर शिक्षा मन्त्रालयमा सरोकारवालाहरुसँग भएको छलफलमा विद्यालय बन्द गर्न नहुने धारणा आएकाले मन्त्रालयले तत्काल बन्द नगर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बिहिबार सूचना जारी गर्दै अभिभावकहरुलाई विद्यालय नपठाउ भनी निर्देशन दिइसकेको छ।

मन्त्रालयहरुबीच नै समन्वयन नहुँदा दुईथरी सूचना आएको भन्दै सरकारको आलोचना भएको छ।

अभिभावक, विद्यालय तथा विद्यार्थीहरु यसलेगर्दा अलमलमा परेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *