विद्यालयमा संक्रमण देखिए एक साता बन्द गर्न काठमाण्डौं महानगरको निर्देशन

हेल्थपोस्ट नेपाल


काठमाडौं महानगरपालिकाले शिक्षक/विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ।

बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो।

महानगरले संक्रमण भएको पाइएमा विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न निर्देशनदिएको छ।
विद्यालय खोलेको अवस्थामा सामाजिक दूरी कायम गर्ने,मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने/सेनिटाइजर प्रयोग गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको हो।

विद्यालयलाई अभिभावकहरुको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न सुझाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *