२४ घण्टामा थपिए ५३४ संक्रमित, ५ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

२४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार एक सय ५२ जनामा परीक्षण गरिएकोमा पिसिआर प्रविधिबाट चार सय ९० र एन्टिजेन प्रविधिबाट ४४ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै दुई लाख ८२ हजार ५६ जना कोरोना संक्रमण पुष्टि भएको छ।

पाँच जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।  देशभर कोरोना संक्रमणबाट तीन हजार ६६ जनाले ज्यान गुमाइसकेका छन्।
बिहीबारमात्र एक सय ५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

योसंगै निको हुनेको संख्या ९७.४ प्रतिशत रहेको छ।

यस्तै, ६९ जना व्यक्तिहरु क्वारेन्टिनमा रहेका छन्। त्यस्तै काठमाडौंका अस्पतालमा मात्र एक सय ३० जना आइसोलेसनमा रहेका छन् भने आइसियुमा २९ र भेन्टिलेटरमा २२ संक्रमितहरुको उपचार भइरहेको छ।

देशैभरका अस्पतालमा ९१ जना आइसीयुमा रहेका छन् भने ३५ जना भेन्टिलेटरमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *