स्वास्थ्य मन्त्रालयले भन्यो –बालबालिकालाई विद्यालय नपठाउनु

 

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै बालबालिकालाई विद्यालय नपठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

आगामी दिनहरूमा संक्रमणको प्रभावका हिसाबले निकै चुनौतीपूर्ण अवस्था आउन सक्ने भएकाले अतिप्रभावित जिल्ला वर्गीकरण गर्दै मन्त्रालयले बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको हो।

मन्त्रालयले अति प्रभावित भन्दै १४ जिल्लामा बढी भीडभाड हुने क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसाय, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिंग मल, पार्टी प्यालेस, हेल्थ क्लबलगायतका स्थलहरूमा सहभागी नहुन सर्वसाधारणसँग अपील गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समिकुमार अधिकारीले जारी गरेको वक्तव्यमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ्ग, सुर्खेत, बारा र बागलुंगलाई कोरोना संक्रमणको हिसाबले अति प्रभावित भनेर वर्गीकरण गरिएको छ।

यसैगरी मन्त्रालयले होटलमा आएका विदेशी नागरिकहरूको सम्बन्धमा गेष्ट रजिष्ट्रेसन सिस्टम चुस्त दुरुस्त बनाइ काम गर्न तथा पिसिआर नतिजा नेगेटिभ आएको अवस्थमा मात्रै होटलमा बास राख्न सरोकारबालाहरूलाई भनेको छ।

सबै सरकारी अस्पतालहरूलाई कम्तिमा ५० प्रतिशत बेडहरू कोभिड–१९ संक्रमितका लागि व्यवस्थापन गरेर निःशुल्क सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय