‘डबल म्युटेन्ट भाइरस’ले खोपको प्रभावकारीता कम गर्ने

कोरोना भाइरसको नयाँ स्वरुप ‘डबल म्युटेन्ट’ ले खोपको प्रभावकारीतालाई कम गर्न सक्ने भारतका भाइरोलोजिस्ट डा. सहिद जमिलले बताएका छन्।

भारतमा पहिलो पटक देखिएको डबल म्युटेन्टले १५ देखि २० प्रतिशत मानिसहरुलाई संक्रमित बनाइसकेको छ भने बुधबार मात्र नपालमा पनि यक्त भाइरस देखिएको पुष्टि नेपाल सरकारले गरेको छ।

जमिलले कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिराख्ने भएकोले खोपको प्रभावकारीता कम हुँदै जाने बताएका छन्।

के हो डबल म्युटेन्ट भेरियन्ट? 
भाइरस यस्तो जीवाणु जसले आफ्नो रुप परिवर्तन गरिरहन्छ।

एक मानिसबाट अर्कोमा सर्दा बच्नका लागि रुप परिवर्तन गरिरहन्छ। त्यस्तै, रुप परिवर्तन गर्ने क्रममा दुई खाले म्युटेसन ९उत्परिवर्तन० एउटै भाइरसमा मिसिँदा नयाँ स्परुप निस्किएको हो, जसलाई भारतले ‘डबल म्युटेन्ट’ नाम दिइएको हो।

सामान्यतया, भाइरसमा भएको स्पाइक प्रोटिन (भाइरसमा देखिने काँडा जस्तो भाग) मानव शरीर भित्र छिर्न सजिलो हुने गरी परिवर्तन गर्दछ।

तर यस्तो खाले उत्परिवर्तन भने सामान्य मानिएको छैन। भाइरसले स्पाइक प्रोटिनसंगै आफ्नो स्वरुप पनि परिवर्तन गरेको छ। यसले

भाइरसलाई शरीरभित्र छिर्न सक्ने शक्ति मात्र नभई रोग प्रतिरोधक क्षमतालाई कम्जोर पनि बनाउन सक्ने शक्तिको विकास गर्दछ।

डबल म्युटेन्टलाई ‘बी.१.६१७’ नम्बरले चिनिन्छ जुन (युके भेरियन्ट )बी.१.१.७० भन्दा फरक रहेको भारतका वैज्ञानिकहरुले बताएका छन्।

डबल म्युटेन्ट भाइरस १५ वटा म्युटेसन भई भनेको छ जसमा ६ ले स्पाइक प्रोटिनलाई परिवर्तन गराउँछ भने तीन वटाले गम्भीर संक्रमण गर्दछ।

म्युटेसन एल४५२आर र इ४८४क्यू ले स्पाइक प्रोटिनलाई परिवर्तन गराउँछ। पहिलो म्युटेसनले सेल कोशिकाभित्र छिर्न मद्धत गर्दछ भने अर्कोले प्रतिरोधक क्षमतालाई कम गराउँछ।

बी.१.६१७ भाइरेन्टलाई ल्याबमा विकास गरी हालसम्म पनि अनुसन्धान नभएको कारण खोपले कामै गर्दैन भनेर एकिन भन्न नसकिने बताउँछन् डा जमिल।

तर म्युटेसनका कारण खोपको असर भने कम देखिएको पाइएको छ। हाल तेस्रो चरण पार गरेको जोनसन एण्ड जोनसन र नोभाभ्याक्स खोपले शुरुमा उत्पन्न भएको कोभिड–१९ भाइरस र युके भेरियन भइरस विरुद्ध काम गरेको थियो तर उतपरिवर्तित भाइरसमा भने यस्तो देखिएन।

खोपले साउथ अफ्रिका र ब्राजिल भेरियन्टका भाइरसमा भने कुनै असर देखिएन।

म्युटेन्ट भएका भाइरसहरुले एक व्यक्तिबाट धेरैलाई संक्रमण फैलाउन सक्दछ।

युके भेरियन्टले ५० प्रतिशत मानिसहरुलाई संक्रमण गरिसकेकने छ भने भारतको डबल म्युटेन्टले कति छिटो संक्रमण गर्छ र गम्भीर पार्छ भन्ने अनुसनधानकै विषय रहेको विशेषज्ञहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय