एम्बुलेन्स चालकको मृत्यु

हेल्थपोस्ट नेपाल

आज बिहान झापाको शिवसताक्षी नगरपालिका-११  दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहान ४:३९ बजेतिर दूधेस्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रत भई दुर्घटना भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका-७ का  २० वर्षीय उत्सव घिमिरे र एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लजाँदै गर्दा चालकको बाटोमा मृत्यु भएको हो।

गम्भीर घाइते तामाङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *