नेपालमा पनि भेटियो कोरोनाकाे ‘डबल म्युटेन्ट भेरियन्ट’

हेल्थपोस्ट नेपाल

नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको छ।

हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले जनाकारी दिए।

सरकारले नेपालमा नयाँ प्रजातीको भारइस फैलिएको हुनसक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएको थियो।

नमुना सर्वेक्षणबाट ‘एस जिन नेगेटिभ’ भएका १० र पाँचवटा पिसिआर पोजेटिभ भएका नमुना ‘जिन सिक्वेन्सिङ’ गर्न हङकङ पठाइएको थियो।

डा. पौडेलका अनुसार ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो।

संक्रमण पुुष्टि हुनेमा २१ देखि ५९ वर्षसम्मका छन्। उनका अनुसार कास्कीका दुई, काठमाडौंका चार, भक्तपुरका दुई र नुवाकोटका एकजनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो।

नमुना लिएकोमध्ये एकजना दार्चुलाका थिए। तर, उनको ‘भेरियन्ट’ पुष्टि भएको छैन।

त्यसैगरी पिसिआरमार्फत पठाइएका नमुनामध्ये एकजनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको छ र अन्यमा भने पूरानै कोरोना संक्रमण देखिएको छ।

‘डबल म्युटेन्ट पुष्टि भएको नमुना ललितपुरको हाे,’ डा. पौडेलले भने, ‘यसबाट नै पुष्टि के हुन्छ भने नेपालमा ‘युके भेरियन्ट’ फैलिसकेको छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *