एकैपटक थपिए ६०३ संक्रमित, १०५ को आइसियुमा उपचार

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप ६ सय ३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२८९ पिसिआर र ४५१ नमुना एन्टिजेन नमुना परीक्षणमा थप ६ सय ३ जना संक्रमण पुष्टि भएको हो।

बुधबार देशभर ४ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ४ सय ४७ र होम आइसोलनमा ३ हजार ५ सय ९९ छन्।

काठमाडौं उपत्यकामा २५४ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

जसमध्ये भक्तपुरमा भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ संक्रमित थपिएका छन्।

त्यसैगरी, आज ७९ क्वारेन्टाइनमा छन्।

गत २४ घन्टामा १२९ डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमित मध्ये ९७.५ प्रतिशत निको भएका छन्।

मन्त्रालयको अनुसार ८० जनाको आइसियु र २५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *