वीर अस्पतालमा आगलागी
वीर अस्पतालमा आगलागी भएको छ।
मुख्य भवनसँगै जोडिएको पछाडि रातो भवनको चार तल्लामा कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा आगलागी भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए।
विद्युत सर्टको कारण आगलागी भएको उनले बताए।
‘विद्युत सर्टका कारणले आगलागी भएको थियो। लाइन बन्द गरेपछि आगो नियन्त्रणमा लिइएको छ,’ ती कर्मचारीले भने। अहिले आगो नियन्त्रणमा आइसकेको छ।
बिरामीलाई अन्य वार्डमा सारिएको छ।
डाक्टर रूममा रहेका केही थान कम्युटर र कागजात जलेका छन्।
मानवीय क्षति भने नभएको हुन पाएन।