सरकार लकडाउनमा जान चाहँदैन, परिस्थिति बिग्रन नदेऔं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्।
नयाँ वर्ष २०७८ का अवसरमा देशवासीलाई सम्बोधन गर्दै ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको तर सतर्कताका विधिबाट परिस्थितिलाई बिग्रन नदेऔं भन्ने आग्रह रहेको बताए।
उनले यही कुरा गर्दा लकडाउन गर्ने धम्की दिएको भनेर आरोप लगाइएको उल्लेख गर्दै भने, ‘परिस्थिति बिग्रियो भने लकडाउनसम्म पुग्नुपर्ने हुनसक्छ सचेत हुनुपर्छ।’
उनले सरकारले गत वर्ष नयाँ नक्सा जारी गरेको सन्दर्भ उल्लेख गर्दै त्यसले सम्पूर्ण नेपाली जनताको मनमा उमंग छाएको र राष्ट्रिय गौरव बढेको पनि बताए।