कोरोना संक्रमणको ग्राफ बढ्दो, मंगलबार सक्रिय संक्रमित ३६०८
पछिल्लो २४ घन्टामा थप ४ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमित हुने संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ।
मगंलबार ३ हजार ६ सय ८ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा १ सय ५३ जना निको भएका छन्।
यो सँगै निको हुने संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ।
पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुने संख्या ३ हजार ५८ पुगेको छ।
मंगलबार ८५ जना क्वारेन्टाइनमा छन्।