ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ ।

मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्दा कोभिड—१९ को जोखिम उच्च रहेको भन्दैं सरकारले यस्तो तयारी गरेको जानकारी दिएका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *