चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको छ। निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल भर्ना भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए।

जिल्लामा हालसम्म ६ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अहिले जिल्लामा ६८ जना सक्रिय संक्रमित छन्। तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय