दोस्रो मात्राको खोप लगाउने ‘मिति र स्थान’ सार्वजनिक

हेल्थपोस्ट नेपाल


पहिलो र दोस्रो प्राथमिकताका लक्षित समुहलाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा बैशाख ७ देखि ११ गते लगाइने भएको छ।

यसका लागि १९ वटा खोप केन्द्रहरु तोकिएको छ।

स्वास्थ्य कार्यालय बागमती प्रदेशले सूचना जारी गर्दै दोस्रो मात्राको खोप लगाउन आफूलाई पाएक पर्ने केन्द्रमा जान आग्रहगरेको छ।

गत माघ १४ देखि फागुन १० गते सम्म पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुले बीर अस्पताल, रत्नपार्क, परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शुक्रराज ट्रपकिल तथा सरुवारोग अस्पताल, टेकु, निजामति कर्मचारी अस्पताल, मिनभवन, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुरमा गएर लगाउन सकिन्छ।

त्यस्तै नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, हिमाल अस्पताल, ज्ञानेश्वर, स्तुपा अस्पताल, बौद्ध, ह्याम्स अस्पताल, धुम्बाराही, त्रि वि वि शिक्षण अस्पताल, महाराजगंज, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासवारी, बिरेन्द्र अस्पताल, छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल, पानीपोखरी, ओम हस्पिटल एण्ड रिर्सच सेन्टर, चावहिल, क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटी, जनमैत्री अस्पताल, बालाजु र मदरल्याण्ड अस्पताल जडिबुटीमा गएर खोप लगाउन सकिन्छ।
खोप विहानको १० बजेदेखि ४ बजे सम्म लगाउन सकिन्छ।

माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले बैशाख ७ गते दोस्रो मात्राको खोप लगाउन सकिन्छ।

माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले बैशाख ८ गते, माघ २२,२३,२४,२८ र फागुन २ गते लगाएकाले बैशाख ९ गते लगाउन पाउनेछन्।

त्यस्तै माघ २९ र फागुन ३,४,५ र ६ गते खोप लगाउनेको पाले बैशाख १० मा आउनेछ भने, माघ ३० र फागुन ७, ८,९ र १० मा पहिलो मात्रा लगाएकालाई बैशाख ११ गते खोप लगाउने मिति तोकिएको छ।

स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बेंक र वित्तीय संस्थानका कर्मचारीहरु पहिलो र दोस्रो प्राथमिकतामा परी खोपको पहिलो मात्रा लगाएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *