मन्त्रिपरिषद बैठक : तत्काल कुनै क्षेत्र बन्द नगरिने, संक्रमण नियन्त्रणका लागि नयाँ मापदण्ड ल्याइने

हेल्थपोस्ट नेपाल

कोरोना भाइरसको दोस्रो लहर सुरु भएपनि सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।

तर संक्रमण नियन्त्रणका लागि सरकारले थप कडाइका साथ नयाँ मापदण्ड भने सार्वजनिक गर्ने मन्त्री गुरुङको भनाइ छ।

सोही अनुसार मंगलबार स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड सरकारले सार्वजनिक गर्ने तयारी गरेको उनले बताए।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालले भने केही दिन विद्यालयलगायतका भीडभाड हुने क्षेत्र बन्द गर्न प्रस्ताव गरेको थियो।

तर, सरकारले भने अहिलेकै अवस्थामा बन्द गर्ने भन्दा केही दिनको परिस्थिति आँकलन गरेर मात्र थप निर्णय लिने बताएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *