नेपालमा एकै दिन १३ जनाको मृत्यु, ४९६ संक्रमित थपिए
कोरोना संक्रमणका कारण सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको हो।
कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यति धेरै संँख्यामा मृत्यु भएको हो।
योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ।
यस्तै, २४ घण्टामा मुलुकभर ४ सय ९६ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ।
हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ५६ छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ छ।
हाल ३ हजार ३ सय ६ जना आइसोलेसनमा छन् भने ८५ जना क्वारेन्टाइनमा छन्।