आज मन्त्रिपरिषद बैठक बस्दै,कोरोना नियन्त्रणका रणनीतिमाथि छलफल हुने

नयाँ भेरियन्टको कोरोना भाइरस संकमण दर बढ्न थालेपछि आवश्यक निर्णय लिन मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।

आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले बताए।

उनकाअनुसार आजको बैठक नियमित भएपनि बढ्दो कोरोना संकमण, त्यसको रोकथाम र नियन्त्रणमा केन्द्रीत हुनेछ।

आजको बैठकमा शनिबार बसेको सिसिएमसीको बैठकले गरेका सिफारिसका सम्बन्धमा पनि छलफल हुने र आवश्यक निर्णय लिने उनले बताए।

सराेकारवालले  कोभिड संक्रमण नियन्त्रणका लागि अन्य मापदण्ड पनि बनाएको छन्। जसलाई  मन्त्रिपरिषद बैठकमा पेश गरिने भएको छ।

बैठकबाट अनुमोदन भएपछि थप नयाँ मापदण्ड लागू हुने भएका छन्।

यसअघि, स्वास्थ्य मन्त्रालयले पनि नयाँ भेरियन्ट नेपालमा फैलिएको र यसले ठूलो जोखिम निम्त्याउने भन्दै नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिदैँ आएको छ। ।

‘भीडभाड हुने क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने, सिनेमा हललगायत रेस्टुरेन्ट बन्द गर्नुपर्ने भन्दै मन्त्रालयले सिसिएमसीलाई सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय