खोप लगाएका डाक्टरलाई कोरोना संक्रमण

वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका निर्देशक प्रा. डा. गौरी शंकर शाहलाई कोराना संक्रमण देखिएको हो।

आइतबार नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका रजिष्ट्रार डा. मोहन रेग्मीले बताए।

‘उहाँ सगै‌ हामीले कोरोना विरुद्दको खोप (कोभिसिल्ड) लगाएका थियाै‌। दोस्रो डोज लगाएको केही दिन मात्रै भएको थियो,’ डा. रेग्मीले भने, ‘तर, उहाँमा हिजो संक्रमण पुष्टि भयो।’

डा. शाहको छोरामा संक्रमण पुष्टि भएको थियो।

त्यहीबाट संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ।

डा. शाहको स्वास्थ्य अवस्था समान्य छ।

पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेको छ।

खोपको प्रभावकारीता ७० प्रतिशतसम्म हुने अनुसन्धानले देखाएको छ।

खोप लगाएपनि संक्रमण हुने भन्दै विज्ञले जनस्वास्थ्यको मापदण्ड अपनाउन सुझाव दिएका छन्।

कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले ‘कोभिसिल्ड’ खोप ७० प्रतिशत मात्र प्रभावकारी भएको बताउँछन्।

सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ,’ उनी भन्छन्।

खोपको प्रभावकारीता कति समयसम्म प्रभावकारि हुन्छ भन्नेबारे अध्ययन भइरहेको डा. उप्रेती बताउँछन्।

हाल दैनिक तीन सयभन्दा बढी संक्रमित भेटिने गरेका छन्।

फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमण बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय