सेती अस्पतालमा उपचाररत कोराना संक्रमितको मृत्यु
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
मृतकको आइतबार सेती अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–३ का ५० बर्षीय पुरुष रहेकाछन्।
उनको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।