७२ प्रतिशतमा कोरोना संक्रमण

फाइल फोटो

नेपालमा कोरोना संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ।

आइतबार नुवाकोटको त्रिशुली अस्पतालमा गरिएको नमुना परीक्षणमा ७२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

आइतबार १८ नमुना परीक्षण भएको थियो। त्यसमध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका फिजिसियन डा. अभिषेक तिवारीका अनुसार संक्रमण हुने अधिंकास व्यक्ति हाइट्रो पावरमा काम गर्ने हुन्।

‘कोरोना परीक्षण गर्ने आउने संख्या केही दिन यता बढेको छ,’ डा. तिवारीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘अहिलेको अवस्था हेर्दा संक्रमण एकैठाउँबाट फैलिएको देखिएको छ।’

कोरोना संक्रमण अहिले ‘क्लस्टर’ रूपमा देखिएको चिकित्सकले बताउँदै आएका छन्।

जसलाई समयमै व्यवस्थापन गरे फैलावटबाट रोक्न सकिने जनस्वास्थ्य विज्ञले सुझाव दिइरहेका छन्।

देशभर आजभोली ३ सयभन्दा संख्या कोरोना संक्रमित पुष्टि भइरहेका छन्।

समुदाय स्तरमा संक्रमण फैलिसकेकाले धेरै भन्दा धेरै परीक्षण बढाउनुपर्ने सुझाव डा. तिवारीको छ।

अस्पतालमा कोरोना परीक्षणको दायारा बढाउँदै लगेको उनले बताए।

‘कोरोना संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरू अनिवार्य क्वारेन्टाइनमा बस्नु होला। केही समस्या भएमा तुरून्तै अस्पताल आउनुहोस्,’ डा. तिवारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय