तत्काल विद्यालय बन्द नगरौं – सरोकारवाला

हेल्थपोस्ट नेपाल

विद्यालय सञ्चालकहरुले कोरोनालाई कारण देखाएर तत्काल विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग आयोजना गरेको छलफलका सहभागीले अहिले नै विद्यालय बन्द नगर्न सुझाव दिएका छन्।

छलफलका लागि प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो। धेरैले अहिले विद्यालय बन्द नगर्न मन्त्रालय र सरकारलाई आग्रह गरेका छन्।

कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको थियो।

सिसिएमसीले पनि  जोखिमलाई हेरेर थप निर्णय लिइने बताउँदै सरकारलाई जोखिम भएका स्थानका शैक्षिक संस्था केही साता बन्द गर्न सिफारिस गरेको थियो।

छलफलमा उठेका कुरा मन्त्रीलाई ब्रिफिङ गराउने र त्यससम्बन्धी प्रस्ताव  आगामी क्याबिनेट लगिने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *