कोरोनाबाट मृत्यु हुने संख्या उकालो लाग्दै, आज बिहान बुटवलमा दुई संक्रमितको मृत्यु

बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलको अस्थायी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा स‌क्रमितहरुको ज्यान गएको हो।

मृत्यु हुनेमा रुपन्देही तिलोत्तमाकी  ७१ वर्षीया महिला र प्युठान स्वर्गद्वारी-९ का ४३ वर्षीय पुरुष रहेका छन्।

चैत २३ गते भर्ना भएकी महिलाको सोमबार बिहान ७ बजेर २३ मिनेटमा र चैत १० गते पिसिआर रिपोर्ट पोजिटिभ आएपछि अस्पताल भर्ना भएको प्युठानका संक्रमितको सोमबार बिहान ५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय