स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्न प्याब्सनले गर्यो शिक्षक कर्मचारीलाई आग्रह
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ले सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न सबै शिक्षक कर्मचारीलाई आग्रह गरेको छ।
प्याब्सनले आइतबार विज्ञप्ति जारी गर्दै आ–आफ्ना बालबालिकाहरुलाई संक्रमणबाट जोगिन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्यवर्द्धक खानपिन गराउनेजस्ता कार्यमा सहयोग पु¥याइदिन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।
यस्तै, शिक्षालयहरुमा कार्यरत शिक्षक कर्मचारीलाई कोभिड १९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग प्याब्सनले अनुरोध गरेको छ।