एकै दिन ३०३ जनामा कोरोना पुष्टि


कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस बिफ्रिङमा २४ घण्टामा ३०३ जनाका कोरोना पुष्टि भएको जानकारी दिइएको छ।

देशभरिका परीक्षण केन्द्रहरुबाट तीन हजार एक सय २५ नमुनाहरुको पिसिआर परीक्षण भएको थियो भने छ सय ९० जनाको एन्टिजेन्ट परीक्षण भएको थियो।

पिसिआर विधिबाट तीन सय तीन र एन्टीजेन्ट विधिबाट ६४ गरी ३६७ जनाका कोरोना पुष्टि भएको हो।

उपत्यका भित्र भक्तपुरमा ११, ललितपुरमा १५ र काठमाण्डौमा एकसय २८ गरी एक सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ।

आज देशभरि ८३ जना क्वारेन्टिनमा रहेका छन्।

२४ घण्टामा एक सय ४१ जना संक्रमित मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट ९७.९ प्रतिशत मानिसहरु मुक्त भएका छन्।
आज देशभरि ८९ जना आइसियुमा भर्ना भएका मध्य १५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

गत विहिबारदेखि हालसम्म १४ हजार ७ सय ३४ मा पिसिआर परीक्षण गरिएको छ जसमध्य एक हजार दुई सय ६० जनामा संक्रमण पुष्टि भएको छ।

चार सय ९८ जना कोरोना संक्रमण बाट मुक्त भई डिस्चार्ज भएका छन्।

देशभरि सक्रिय संक्रमित दुई हजार नौ सय ६१ रहेको छ जसमध्ये संस्थागत आइसोलेसनमा तीन सय ९४ र हेम आइसोलेसनमा दुई हजार पाँच सय ६७ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय