कोरोनाविरुद्धको खोप लगाउनुस्, निःशुल्क वियर लैजानुस्!
‘कोरोनाविरुद्धको खोप लगाउनुस्, नि:शुल्क वियर लैजानुस्…’ सुन्दा अचम्म लाग्ला तर, यो सत्य हो।
तपाईंले कोरोनाविरुद्धको खोप लगाउनु भयो भने एक प्राइभेट कम्पनीले तपाईंलाई खोप लगाएको कार्ड देखाएपछि निःशुल्क वियर उपलब्ध गराउनेछ।
तर, यो अफर नेपालको होइन। अमेरिकाको ‘स्याम्युअल एडम्स वियर’ कम्पनीले खोप लगाउने कार्यमा व्यापक जनसहभागिताका लागि यस्तो अफर ल्याएको जनाएको छ।
अमेरिकाको ओहायो राज्यमा कम्पनीले खोप लगाएका व्यक्तिलाई निःशुल्क वियर दिने जनाएपछि खोप लगाउनेको संख्या पनि ह्वात्तै बढेको छ। यसले खोप लगाउन हिच्किचाइरहेका मानिसहरुलाई पनि आकर्षित गरेको छ।
यतिमात्र होइन, अमेरिकाकै मिशिगन राज्यमा पनि खोप कार्यक्रममा व्यापक जनसहभागिता बढाउन गाँजासमेत दिन थालिएको छ।
सोही राज्यमा रहेको एक गाँजा निर्माता कम्पनीले युवाहरुलाई खोप कार्यमा आकर्षित गर्न निःशुल्क गाँजा दिँदैछ।
यस्तै एक दुनट कम्पनीले साथमा दुनट पनि दिन थालेको जनाएको छ। तर, यी सुबै सुविधा पाउन तपाईंले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ।
युएस टुडेको रिपोर्ट अनुसार यी अफरले खोप सेन्टरमा मानिसको घुइँचो बढ्न थालेको छ।
स्थानीय प्रशासनले पनि खोप लगाउन आउनेका लागि गाडी भाडा नलाग्ने व्यवस्था मिलाएको छ।