कोरोना संक्रमण उकालो लाग्दै, शनिबार सक्रिय संक्रमित २ हजार ८ सय

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शनिबार थपिएका सहित कुल संक्रमित संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ।

जसमध्ये २ हजार ८ सय सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार शनिबार १ सय ५१ जना संक्रमण मुक्त भएका छन्। हालसम्म २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

शनिबार कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट ३ हजार ३९ जनाको निधन भएको मन्त्रालयको तथ्यांक छ।

आज ८४ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय