पुन: लकडाउन हुनसक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुन: फैलिन थालेकाले लकडाउनमा जानसक्ने परिस्थिती पुन: सिर्जना हुनसक्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोरोना भाइरस पुनः प्रकट भएकोमा म्भीर चिन्ता व्यक्त गर्दै स्वास्थ्य सावधानी नअपनाए पुन: लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने बताए।
प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह पनि गरे।
“समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ’, ओलीले भने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा ओलीले जोड दिए।
फरक प्रसंगमा बोल्दै ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताए।
व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको प्रधानमन्त्री ओलीले दाबी गरे।