स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्रीलाई जरिवाना

कोरोनाका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको भन्दै नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई जरिवाना तिराइएको छ।

कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सोलबर्गलाई त्यहाँको प्रहरीले जारिवाना तिराएको हो।

उनले आफ्नो जन्मदिनमा पारिवारिक जमघट गरेको र सामाजिक दुरी कायम नगरेको प्रहरी आरोप छ

प्रधानमन्त्री सोलबर्गलाई त्यहाँको २० हजार क्रोनर (२ हजार ३ सय ५२ डलर) जरिवाना तिराइएको हो।

नर्वे सरकारले १० जनाभन्दा बढी मानिस भेला गर्न बन्देज गरेको अवस्थामा फेब्रुअरीको अन्तिममा उनले आफ्नो ६० औं जन्मदिनको उपलक्ष्यमा १३ जनाभन्दा बढी आफन्तलाई बोलाएर पार्टी गरेकी थिइन्।

उनले यसलाई लिएर सार्वजनिक रुपमा माफीसमेत मागिसकेकी छिन्।

उनले आफू जरिवाना तिर्नसमेत तयार रहेको बताएकी छिन्।

उनले गत शुक्रबार माफी माग्दै भनिन्, ‘म फेरि पनि कोरोना सम्बन्धी जारी गरिएको स्वास्थ्य मापदण्ड उल्लंघन गरेकोमा माफी चाहन्छु। म जरिवाना तिर्न तयार छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय