नेपाल सोसाइटी अफ नेफ्रोलोजीको नेतृत्वमा डा. प्रकाश क्षेत्री, यस्तो छ नयाँ कार्यसमिति
नेपाल नेफ्रोलोजी सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ।
शुक्रबार भएको साधारण सभाबाट नयाँ कार्यसमितिको सबै पद निर्विरोध चयन भएका हुन्।
सोसाइटीमा डा. प्रमोद कुमार क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
उपाध्यक्षमा डा दिव्या सिंह शाह, महासचिवमा डा. रजनी हाडा, सहसचिवमा डा. धिरज नारायण मानन्धर चयन भएका छन्। त्यसैगरी,
कोषाध्यक्षमा डा. महेश राज सिग्देल कार्यकारी सदस्यहरुमा डा राजेन्द्र कुमार अग्रवाल चयन भएका छन्।
त्यस्तै,डा. अरुण शर्मा,डा. लक्ष्मण अधिकारी, डा. कल्पना श्रेष्ठ, डा. प्रकाश पौडेल, डा.शैलेन्द्र श्रेष्ठ, डा. मुकुन्द प्रसाद काफ्ले र डा अभिषेक मास्के चयन भएका छन्।
कार्यसमितिको कार्यकाल तीन बर्षको रहने छ।
सोसाइटीमा ५३ नेफ्रोलोजिष्टको सहभागिता छ।