भारतमा भयावह बन्दै कोरोना, दिल्लीका सबै विद्यालय बन्द

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना संक्रमितको संख्याले दिनहुँ रेकर्ड बनाइरहेको छ।

शुक्रबार रातिसम्मको तथ्यांकअनुसार भारतमा २४ घण्टामा १ लाख ४४ हजार ८ सय २९ संक्रमित थपिएका छन्।

कोरोना महामारी सुरु भएयता एकै दिन यति धेरै संक्रमित थपिएको पहिलो पटक हाे।

यस्तै, २४ घण्टामा ७ सय ७३ जनाको मृत्यु भएको छ भने ७७ हजार मानिस निको भएका छन्।

यसअघि बिहीबार १ लाख ३१ हजार ८ सय ७८ जना र बुधबार १ लाख २६ हजार २ सय ७६ जना संक्रमित भएका थिए।

हालसम्म भारतमा ९ करोड ७८ लाख मानिसलाई कोरोना खोप लगाइएको छ।

शुक्रबारमात्र ३२ लाख १६ हजार मानिसलाई खोप लगाइएको थियो।

यसैबीच, दिल्लीस्थित एम्स अस्पतालका ३२ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

ती सबैलाई कोरोनाको दोस्रो डोज दिइसकिएको थियो। यसअघि दिल्लीको गंगाराम अस्पतालका ३७ डाक्टर संक्रमित भएका थिए।

बढ्दो कोरोनालाई ध्यानमा राख्दै दिल्लीका सबै निजी तथा सरकारी विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *