नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता, खोप उपलब्ध गराइदिन आग्रह

नेपालले सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख (कोभिसिल्ड) खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका थिए ।

सो क्रममा नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेको परराष्ट मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरूबीच पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा पनि छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय