नेफ्रो र युरोलोजी केन्द्रसहित राष्ट्रिय रोग निदान केन्द्र निर्माण हुने
सरकारले नेफ्रो र युरोलोजी केन्द्रसहित राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने भएको छ।
त्रिभुवन विश्वविद्यलयको स्वामित्वमा रहेको किर्तिपुरको ६० रोपनी जग्गामा नेफ्रोलोजी र युरोलोजी सम्बन्धि रोग तथा अन्य जटिल रोगको अध्ययन, अध्यापन तथा तालिमसहितको विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने भएको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले त्यसका लागि जग्गा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको बताए।