पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल

हेल्थपोस्ट नेपाल

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गंगोल नियुक्त गरेका हुन्।

समितिले डा. गंगोललाई एक नम्बरमा सिफारिस गरेको थियो।

सर्च कमिटीले दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की र तीन नम्बरमा प्रा.डा. अनिलकुमार मिश्रको नाम सिफारिस गरेको थियो ।

डा. गंगोल त्यसअघि प्रतिष्ठानका रेक्टरमा कुसलता पुर्वक काम गरेका थिए।

प्रतिष्ठानमा यसअघि डा. गंगोलले निर्वाह गरेका जिम्मेवारी, निरन्तरता, निष्ठा र नेतृत्व क्षमताका आधारमा प्रतिष्ठानभित्र डा. गंगोललाई  कमिटीले सिफारिस गरेको थियो।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्रीलाई नियुक्त गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *